• मंसिर १५ २०८१, शनिबार

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

माघ १० २०८०, बुधबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो ।

माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।