• मंसिर १२ २०८१, बुधबार

नेपालले गुमायो दोस्रो विकेट

माघ १० २०८०, बुधबार

काठमाडौं । यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाली कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका हुन्।

नेपालले पहिलो विकेटका रुपमा भर पर्दा खेलाडी अर्जुन कुमाललाई गुमाएको छ । उनी १२ बलमा ६ रन बनाएर आउट भए । दोस्रो विकेटका रुपमा तीन नम्बरमा ब्याटिङ गर्न आएका आकाश त्रिपाठी आउट भएका छन् । उनी १० रन बनाएर आउट भए । अहिले विपिन रावल र कप्तान देव खनाल क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा दुई विकेट गुमाएर ४६ रन बनाएको छ । आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । दुवै दीपक बोहोरा र तिलक भण्डारीलाई बाहिर राखेर आज विपिन रावल, दुर्गेश गुप्ता र दिपक डुम्रेलाई खेलाएको छ ।

आज नेपालको ओपनिङ अर्जुन कुमाल र विपिन रावलले गरेका छन् । यसअिघ न्युजिल्यान्डसँगको खेलमा अर्जुन कुमाल र दिपक बोहोराले ओपनिङ गरेका थिए । १६ टिमलाई ४ समूहमा विभाजन गरी प्रतियोगिता खेलाइएको छ । नेपालले पहिलो खेल न्युजिल्यान्डसँग हारेको थियो । यो समूहमा अर्को टिम अफगानिस्तान हो । नेपालले एक मात्र खेल जित्ने सके अर्को राउन्डमा प्रवेश पाउनेछ ।