• आश्विन १३ २०८१, आईतवार

अनुहार धुनेबेला ध्यान दिनुस् केही जरुरी कुरा

माघ १० २०८०, बुधबार

बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ । यो राम्रो हो । अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।

मुख धुनेबेला ध्यान दिनुपर्ने जरुरी कुरा:
१ अनुहार हल्का मन तातो पानीले धुनुपर्छ ।
२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
३. अनुहार धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
४. अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
५. हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।
७. फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।
८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
९. अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
१०. अनुहारलाई हानी पुर्‍याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।