• मंसिर १५ २०८१, शनिबार

माघ २२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

माघ ९ २०८०, मंगलवार

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ।

मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो। यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो।