१. यदि आगोले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ ।
२. यदि औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ ।
३. यदि पोलेको छ र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउनु हुदैन ।
४. पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपि तत्काल अस्पताल जाने ।
५. आगो वा तातोपानि, तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिने ।
६. यदि एसिडले पोलेको छ भने स्लाइन पानि वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल जाने ।
७. पोलेको घाउमा घिउकुमारीको भित्री भाग (गुदि) लगाएमा धेरै हदसम्म यो निको हुन्छ ।
तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ । अन्यथा सानो हेलचेक्र्याईले पनि पोलेको घाउमा गम्भीर समस्या आउन सक्छ ।