• बैशाख १० २०८२, बुधबार

एसईई परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म

माघ ८ २०८०, सोमबार

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ।

प्रस्तावित शिक्षा विधेयकको प्रावधानअनुसार एसईई हुने वा नहुने भन्ने अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले चैतमा एसईई सञ्चालन गर्ने निर्णय आइतबार गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ।

परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।