काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन् । पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ ।
लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ ।