• आश्विन १३ २०८१, आईतवार

यी समस्या देखे तपाईलाई ब्रेन ट्यूमर हुनसक्छ

माघ ८ २०८०, सोमबार

ब्रेन ट्यूमरलाई एक भयावह रोगका रुपमा लिइन्छ ।सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो ।मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ट्यूमर पहिलो चरणमै थाहा पाइयो भने उपचार गर्न सहज हुन्छ । यसको लक्षण चिनेर यसलाई बढ्नबाट रोक्न सकिन्छ । हामी त्यस्ता लक्षण बताउँदैछौं ।

चक्कर
ब्रेन ट्यूमरका कारण केही मानिसलाई चक्कर आउँछ । यसले गर्दा शरीरको सन्तुलन बिग्रन्छ र मानिस झ्याप्पै लड्ने हुनसक्छ ।

बान्ता
टाउको दुख्नुका साथसाथै बान्ता आउने र असजिलो हुने समस्या पनि आउँछ । यस्ता समस्याका कारण खाना खान मन लाग्दैन ।

टाउको दुख्ने
ब्रेन ट्यूमरको पहिलो लक्षण टाउको दुख्नु हो । बिहान उठ्नेबित्तिकै टाउको दुख्न थाल्छ केही मानिसलाई । सहनै नसक्ने पीडा हुन्छ कहिलेकाहीँ । केही व्यक्ति त मानसिक सन्तुलन नै गुमाउन पुग्छन् । तपाईंलाई पनि यस्तो हुन्छ भने बेवास्ता नगर्नुस् । तुरुन्तै चिकित्सकलाई देखाउनुस् ।

छटपटाउने
ब्रेन ट्यूमरका कारण दिमागका नसा कमजोर हुन थाल्छन् । यसले रक्तसञ्चार पनि सही तवरले हुन दिँदैन र मानिस छटपटाउन थाल्छ ।

आँखा कमजोर हुने
ब्रेन ट्यूमरको स्थितिमा केही मानिसले झ्याप्पै कम देख्न थाल्छन् । उनीहरू जे पनि धमिलो धमिलो देख्छन् ।

पक्षाघात
ब्रेन ट्यूमरका कारण व्यक्तिको दिमागले शरीरलाई नियन्त्रणमा राख्न सक्दैन । शरीरले काम गर्नै बन्द गरेको जस्तो उसलाई लाग्छ । दिमागको पेराइटल लोबमा ट्यूमर हुँदा यस्तो हुन्छ ।

बोल्न गाह्रो हुने
दिमागले नै शरीरका प्रत्येक अंगलाई सही तरिकाले चलाउने हो तर त्यसमै ट्यूमर हुँदा कोशिकाहरू प्रभावित हुन्छन् । यसले गर्दा व्यक्तिको आवाज जान्छ र अनुहार पनि एकातिर बांगिन्छ ।

झर्कोफर्को
असहनीय पीडाका कारण मानिस झर्कोफर्को गर्ने र उदास रहने गर्न थाल्छ । कहिले त व्यक्तिको व्यवहारमा परिवर्तन आएर उसले कसैसँग कुराकानी गर्दैन ।

शारीरिक कमजोरी
ब्रेन ट्यूमर हुँदा कोशिका प्रभावित हुन्छ र व्यक्तिलाई टाउको दुख्न अनि पूरै शरीरमा कमजोरी हुन थाल्छ ।

एजेन्सी