• मंसिर १३ २०८१, बिहीबार

६ महिनामा १२५ अर्बको पेट्रोलियम पदार्थ आयात

माघ ७ २०८०, आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब २५ अर्ब ८६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा ६६ अर्ब ४९ करोडको पेट्रोल. ३३ अर्ब ९१ करोडको डिजेल र २५ अर्ब ४५ करोडको खाना पकाउने ग्यास आयात भएको हो ।

यो अवधिमा ६ लाख १८ हजार ३५८ किलो लिटर पेट्रोल आयात भएको छ । त्यसैगरी ३ लाख ३९ हजार ३१५ किलो लिटर डिजेल र २५ करोड ६२ लाख ४० हजार ५४२ केजी ग्यास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

उक्त आयातबाट ४९ अर्ब ४७ करोड २० लाख रुपैयाँ बढी राजस्व थपिएको छ । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात हुने गर्दछ ।