माघ २२ सम्म चल्ने अभियानमा कांग्रेसका केन्द्रीय नेताहरूले गाउँटोलसम्म पुगेर जनताका समस्या सुन्ने छन् ।
समुदायमा कांग्रेस अभियानका लागिपार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको प्रवक्ता मिन विश्वकर्माले जानकारी दिए । ती प्रतिनिधिले जिल्लामा बैठक राखेर वडास्तरसम्म प्रतिनिधि खटाउने र समूह बनाएर छलफल गर्ने उनले बताए ।
अभियानका लागि बनाइएको समूहका किसान, व्यापारी, विद्यार्थी, युवा, तथा विभिन्न समुदायसँग कांग्रेसले अन्तरक्रिया गर्ने प्रवक्ता विश्वकर्माको भनाइ छ ।
कांग्रेसले यो अभियानका क्रममा सरकारमा रहँदा पार्टीप्रति सन्तुष्ट भए/नभएको विषय पनि जनतालाई सोध्ने नेताहरूले जानकारी दिए । प्रवक्ता विश्वकर्माले भने, ‘यो आमसभा जस्तो हुँदैन, गाउँको चिया गफ र कोठेगफ जस्तो हुन्छ ।’