• जेष्ठ ६ २०८१, आईतवार

नेपाल मगर सञ्जाल क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेले जिते नगद ३० हजार

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना तथा विभिन्न भातृ संस्था,आवद्ध संस्थाहरुले राष्ट्रिय पर्व माघे संक्रान्ति काठमाडौं टुडिखेलमामा भव्यताका साथ मनाएका छन् ।

माघे संक्रान्तिको अवसरमा नेपाल मगर सञ्जाल क्लब केन्द्रीय समितिद्वारा 2-A side खुला मगर भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । भलिबल प्रतियोगिताको उद्घाटन नेपाल मगर संघ केन्द्रीय समितिका सह-अध्यक्ष गङ्गाबहादुर थापामगर र सञ्जाल क्लबका अध्यक्ष तिलक पुन मगरले संयुक्त रुपमा  गरे ।

भलिबल प्रतियोगितामा बागलुङको निसिखोला गाउँ पालिका-१ का खेलाडी हेम बहादुर पुन र पुर्ण बहादुर पुनको जोडिले प्रथम पुरष्कार हात पारे । दोस्रो स्थानमा डि.एस भलिबल टिम मिलन टोल नयाँ बसपार्क काठमाडौंका कुमार पुन मगर र खुशिराम थापामगरको जोडिले र तेस्रो स्थानमा बाग्लुङको निसिखोलाला गाउँपालिका -१ राजेन्द्र घर्ती मगर र मन बुढा मगरले प्राप्त गरे । साथै सानत्वना घर्ती मगर समाज बाग्लुङका खेलाडी होमकर्ण घर्ती मगर र बिनोद घर्ती मगरको जोडिले हासिल गरे । बिजेता खेलाडीलाई नेपाल सरकारका पर्यटन तथा संस्कृती मन्त्री सुदन किराँतीले मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सञ्जाल क्लबका अध्यक्ष तिलक पुन मगरले गोल खबरलाई जानकारी दिए ।

पुस २९ देखि माघ १ गतेसम्म दुई दिन भएको सो प्रतियोगितामा आयोजक मगर सञ्जाल क्लब लुम्बिनी प्रदेश लगायत २७ टिमको सहभागिता रहेको थियो ।

नकआउट चरणको आधारमा खेलाईएको सो प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल माघ १ गते भएको थियो । सो प्रतियोगितामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द,सदस्य जुनु पुन,दोरपाटन क्लबका उपाध्यक्ष,संजाल क्लबका सल्लाहकारहरुको बिशेष उपस्थिति रहेको थियो ।