• मंसिर १३ २०८१, बिहीबार

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त समितिमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन् । धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन गरिएको हो ।

अब समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ ।