• आश्विन १३ २०८१, आईतवार

जाडोमा अदुवा सेवन गर्नुका फाइदा

माघ ५ २०८०, शुक्रबार

अदुवामा मानव शरीरका लागि आवश्यक सबै जसो पोषक तत्वहरु पाइन्छ । अदुवामा आईरन, क्याल्शियम, आयोडीन, क्लोरीन तथा भिटामिनसहित अन्य  पोषक तत्व रहेको हुन्छ । यसलाई ताजा वा सुकाएर पनि प्रयोग गर्न सकिन्छ । अदुवा चीसो मौसममा उपयोग गर्नुपर्छ । गर्मी मौसममा अदुवाको सेवन निकै कम मात्रामा गर्नुपर्ने हुन्छ  ।

छाला आकर्षक बनाउँछ :
अदुवाको सेवनले छालालाई आकर्षित र चमकदार बनाउँछ । हरेक दिन बिहान खाली पेट एक गिलास मनतातो पानीसँग अदुवाको टुक्रा सेवन गर्नाले छालामा निखार ल्याउँछ ।

खोकीमा उपयोगी :
खोकी लागेका बेला अदुवा निकै उपयोगी हुन्छ । खोकी लागेमा अदुवाको सानो टुक्रालाई बराबर मात्रामा महसँग तताएर दिनमा दुई पटक सेवन गर्नाले खोकी निको हुन्छ । साथै यसले गलाको खसखसलाई पनि हटाउँछ ।

भोक जगाउँछ :
यदि कुनै कारणले भोक नलाग्ने समस्या भएमा नियमित रुपमा अदुवाको सेवन गर्नाले भोक जगाउँछ । अदुवालाई सानो गरी काटेर अलिकति नुन राखेर दिनमा एक पटक लगातार आठ दिनसम्म सेवन गरेमा पेट सफा हुन्छ र भोक लाग्न सुरु हुन्छ ।

पेटसम्बन्धी समस्यामा उपयोगी :
पेटमा हुने कब्जियत लगायतका समस्याका लागि अदुवा निकै उपयोगी हुन्छ । अदुवालाई ज्वानो र कागतीको रसमा अलिकति सुन मिसाएर खानाले पेट दुख्ने, तथा अमिलो डकार आउने समस्यामा राहत मिल्छ ।

उल्टी रोक्न मद्दत गर्छ :
यदि तपाईंलाई पटक–पटक उल्टी आइरहेको छ भने अदुवालाई प्याजको रससँग मिसाएर दुई चम्ता खानाले उल्टी बन्द हुन्छ ।

रुघा तथा चीसोमा फाइदाजनक :
चीसो लागेमा वा रुघा लागेमा अदुवा निकै फाइदाजनक हुन्छ । रुघा लागेमा अदुवाको चीया पिउनाले राहत मिल्छ । यसका अलवा अदुवाको रसलाई महसँग मिलाए तातो बनाएर पिउनाले फाइदा हुन्छ ।

क्यान्सरबाट बचाउँछ :
अदुवाको सेवनले कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसले क्यान्सर जस्तो घातक रोग लाग्नबाट बचाउँछ ।

अन्य रोगमा पनि उपयोगी :

अदुवालाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । अदुवाको सेवन गर्नाले अर्थराइटिस, साईटिका, गर्दा र अड्डिसम्बन्धी रोगमा राहत मिल्छ । यसले महिलाहरुको महिनावारीलाई नियमित बनाउन पनि सहयोग गर्छ । अदुवाको सेवन गर्नाले मुखमा हानिकारक भाइरस नष्ट हुन्छन, कोलेष्ट्रोल नियन्त्रण गर्न सहयोग गर्ने हुँदा रक्त सञ्चार पनि ठीक ढंगले हुन्छ । अदुवाको रस र पानी बराबर मात्रामा पिउनाले मुटुसम्बन्धी रोगमा पनि राहत मिल्छ ।