• बैशाख १० २०८२, बुधबार

भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु ६ जना बेपत्ता

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । डुङ्गा डुब्दा छ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

डुङ्गामा २७ जना सवार रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको बताइएको छ ।

हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गगरेका छन् । उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।