• मंसिर १३ २०८१, बिहीबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलाममा

माघ ४ २०८०, बिहीबार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक सेयर लिलाममा ल्याएको छ । माघ ३ गतेदेखि कम्पनीले उक्त शेयर बिक्रीमा राखेको हो ।

कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपियाँ तोकिएको छ । सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । लिलामीको शेयरमा विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

इच्छुक लगानीकर्ताले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्ने कम्पनीले छ । सेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।