कम्मर दुखाई हुन नदिन उचित आहार तथा जिवनशैली व्यवस्थित बनाउनु नै उत्तम उपाय हो ।सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । लामो समय काम गरे पछि केहि बेर आराम गर्नुपर्छ ।
असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् । चिकित्सकहरुका अनुसार केहीमा कम्मर दुख्ने स्वास्थ्यमा देखिने केही रोगहरुको लक्षण पनि हुनसक्छ ।
आराम गर्दा, दैनिक व्यायाम गर्दा पनि कम्मर दुख्ने समस्या समाधान भएन भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।