• आश्विन १३ २०८१, आईतवार

बालबालिकाको दाँत कसरी जोगाउने ?

माघ ४ २०८०, बिहीबार

आजभोली बालबालिकामा दाँतमा किरा लाग्ने समस्या अत्यधिक मात्रामा देखिएको छ । बालबालिकालाई जति सम्झाएपछि देखेको खानेकुरा  गुलियो पदार्थ खान नपाएसम्म बालबालिका शान्त रहदैनन् । बालबालिकाको धेरै गुलियो खानेकुरा खाने बानीलाई अभिभावकले नियन्त्रण गर्न नसक्दा उनीहरुको दाँत किराले खाएको छ । पहिलोपटक पलाएको दात झर्ने समय नआउँदै किराले खाएर धेरै बालबालिकाको दाँत बिग्रिएको छ । तपाई पनि आफ्ना बालबालिकाको दाँत थोते भएर चिन्तित हुनुभएको होला ।

खाना खाएपछि बालबालिकाको मुख सफा नगरिदिदा दाँत किराले खान्छ । मुखमा हुने संक्रामक रोगका कारण पनि दाँत किराले खान्छ ।

बोतलबाट दुध खुवाउने गर्दा दाँत टेढोमेढो हुने संभावना २ गुणा बढी हुन्छ । औंला चुस्ने, नङ टोक्ने, जिब्रोले दाँत धकेल्ने बानीले पनि दाँतमा असर पुग्छ ।

प्रायजसो खाद्यपदार्थहरु दाँतमा लामो समयसम्म रहिरहेमा पक्कैपनि हानिकारक हुन्छन् । तर तुलनात्मक रुपमा गुलियो खाद्यपदार्थ अलि बढि हानिकारक हुन्छ । किनभने यसबाट उत्पन्न हुने अम्ल धेरै हुन्छ, छिटो निस्कन्छ र गुलियोले सुक्ष्मजीवलाई पनि आकर्षण गर्दछ ।

गुलियो, टाँसिने र प्रशोधित खाद्यपदार्थ कति धेरै भन्दा पनि कति धेरै पटक, कुन रसायनिक र भौतिक बनावटको, अन्य खाद्यपदार्थसंग वा एक्लै, कुन रुपमा र कसरी सेवन गरिन्छ त्यसले असर पारिरहेको हुन्छ । सबै भन्दा पहिले यो गुलियो कति लामो समयसम्म मुखमा÷दाँतमा रहिरहन्छ, त्यहि नै सबैभन्दा हानिकारक कारण हो ।

जस्तै हामिले सबैभन्दा गुलियो मान्दै आएको खुदो वा चिनी दिनमा १–२ पटक र मुखमा १ मिनेट राखेर प्रयोग गर्छौं । तर आइसक्रिम दिनमा १–२ पटक नै मुखमा १५–२० मिनेट राखेर प्रयोग गर्छौं भने चिनी भन्दा आइसक्रिम नै बढि हानिकारक हुन्छ ।
तसर्थ गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खाना भरिसक्य प्रयोग नगरौं, यदि गर्नु परे खानासँग वा खाना खाईसकेपछि प्रयोग गर्नुपर्छ । गुलियो खानेकुरा खाइसकेपछि दाँत माझ्नुपर्छ ।

दाँत माझ्न सम्भव नभए सफा पानीले मात्र मुख कुल्ला ग¥यौं भने पनि गुलियो खाद्यपदार्थ सेवनबाट हुने हानिकारक असरबाट जोगिन सकिन्छ ।

किराले खाएमा दातको सरसफाईमा नियमितता दिदै जतिसक्दो छिटो उपचार लिनुपर्दछ । ज्यादै दुखेमा अस्थायी रुपमा मन तातो नुनपानीले कुल्ला गर्ने,दुखाई कम गर्ने औषधी खाने वा दन्तसडन भएको दातमा कहि नछुने गरी खाल्डोमा ल्वाङको तेल राख्न सकिन्छ ।