काठमाडौं। बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको छ। सुन प्रति तोला १ लाख १८ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा एक सय घट्दा मंगलबार सुन प्रति तोला १ लाख १९ हजार ४ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा तोलामा ६ सय बढ्दा आइतबार तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ३ सयको बढोत्तरीले सोमबार १ लाख १९ हजार ५ सय पुगेको थियो।
चाँदी तोलाको १४ सय रुपैयाँ भएको छ। दुई दिनको स्थिरतापछि ५ रुपैयाँ घटेर मंगलबार तोलाको १४ सय १५ रुपैयाँ थियो। गत बुधबार र बिहीबार १४ सय १० रुपैयाँमा स्थिर थियो भने शुक्रबार १० रुपैयाँ घटेर तोलाको १४ सय भएको थियो। त्यसमा २० रुपैयाँको बढोत्तरीले आइतबार तोलाको १४ सय २० भएको थियो।