• आश्विन १३ २०८१, आईतवार

तोरीको तेलका फाइदै फाइदा

माघ ३ २०८०, बुधबार

भान्सादेखि पूजाआजा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ । तोरीको तेलका विभिन्न फाइदा छन्। यसबाट स्वस्थ छाला प्राप्त गर्न सक्नुहुन्छ। तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ। मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ। शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ। तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ साथै पाचन प्रणालीमा सहयोग गर्दछ ।

चिसो र रुघा निको पार्छ :  तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

क्यान्सरको खतरा घटाउँछ : अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

मुटुुका लागि उपयोगी : तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तो

प्राकृतिक शक्तिबद्र्धक : तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

जोर्नी दुख्ने र बाथ निको पार्छ : तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ : तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी : तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर  यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

अन्य फाइदा : मष्तिष्कको कार्यक्षमता बढाउँछ, दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ, छाला स्वस्थ बनाउन मद्दत गर्छ, शरीरका काला धब्बा हटाउँछ, प्राकृतिक सनस्क्रीनको काम गर्छ, छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ, कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन, कपाल चाँडै फुल्न दिँदैंन, तोरीको तेल चायाँ पर्न दिँदैंन