• मंसिर १३ २०८१, बिहीबार

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

माघ २ २०८०, मंगलवार

काठमाडौं । हिमालयन बैंकको साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको आइतबार सम्पन्न ३१ औं वार्षिक साधारण सभाले कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थपेर एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले एफपीओ निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी भने संचालक समितिलाई प्रदान गरेको छ ।