काठमाडौं । अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जितेका छन् ।
मेसीले सिटी तथा नर्वेका फरवार्ड अर्लिङ हालाण्ड र पीएसजी तथा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दे उक्त अवार्ड जितेका हुन् । भोटिङको अन्तिम नतिजामा मेसीले हालाण्ड र एमबाप्पेलाई पछि पारे । दोस्रोमा हालाण्ड रहे भने एम्बाप्पे तेस्रो स्थानमा रहे ।
३६ वर्षीय मेसी सन् २०२३ मा मात्रै पीएसजीबाट इन्टर मियामी पुगेका थिए । सन् २०१६ मा यो फरम्यार्टमा अवार्ड प्रदान गरेपछि मेसीले सन् २०१९ र २०२२ मा लगातार दुई पटक अवार्ड जितेसकेका छन् । नयाँ फरम्यार्टमा मेसीको यो तेस्रो फिफा वेस्ट प्लेअर अवार्ड हो ।
पीएसजीले लिग वान जित्दा मेसीले ९ गोल गरेका थिए । मियामीले लिग कपको उपाधि जित्दा मात्रै मेसीले १० खेलबाट ७ गोल गरेका थिए ।
भोटिङ आधारमा दोस्रो रहेका हालाण्डले गत सिजनको प्रिमियर लिगमा मात्रै ३६ गोल गरेका थिए । सन् २०२२/२३ का सबै प्रतियोगितामा भने हालाण्डले ५२ गोल गरेका थिए । जसमध्ये २८ गोल कतार विश्वकप पछिका थिए ।
यता तेस्रो स्थानमा रहेका एमबाप्पले पनि मेसीसँगै लिग वानको उपाधि जितेका थिए भने लगातार ५ वटा गोल्डेन बुट जितेका थिए । २५ वर्षीय एमबाप्पेले फ्रान्सका लागि सन् २०२२ को डिसेम्बर १९ देखि २०२३ को अगस्टसम्म १८ गोल गरेका थिए। यही अवधिको प्रदर्शनका आधारमा फिफा वर्ष खेलाडीको पुरस्कार दिइन्छ ।
फिफा वेस्ट प्लेअरका लागि टिम म्यानेजर, क्याप्टेन, पत्रकार फ्यानको भोटिङको आधारमा विजेताको टुंगो लगाइन्छ ।