• मंसिर १२ २०८१, बुधबार

पानीको कारणबाट हुने रोगहरु

माघ २ २०८०, मंगलवार

पानीको कारणबाट मूख्य गरेर ४ प्रकारका रोगहरु लाग्छन् ः
(क) दूषित पानी खाएर हुने रोगहरु । जस्तैः हैजा, झाडा–पखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड
(ख) नुहाउन, धुनको लागि फोहर पानी प्रयोग गर्दा लाग्ने रोगहरु । जस्तैः लुतो, दाद, घाउ–खटिरा जस्ता छाला सम्बन्धी रोगहरु र ट्रक्रोमा
(ग) नुहाउन, धुनको लागि पानीको कम भएर । जस्तैः लुतो, दाद, घाउ–खटिरा जस्ता छाला सम्बन्धी रोगहरु र ट्रक्रोमा
(घ) खेर गएको पानी, फोहर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरु हुर्कन्छन् र तिनीहरुले रोगहरु सार्छन् । जस्तैः औलो, कालाजार,हात्तीपाइले, इन्सेफलाईटिस