• आश्विन १२ २०८१, शनिबार

वाणिज्य र विकास बैंकले पाँच महिनामा कति नाफा आर्जन गरे ?

माघ २ २०८०, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको नाफा साढे २८ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि मंसिरको अवधिमा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६४ करोड ६६ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

५ महिनाको अवधिमा १४ वटा बैंकको नाफा अर्ब बढी पुगेको छ भने बाँकी ६ वटा बैंकको नाफा अर्बभन्दा कम आर्जन भएको छ । यो अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ । यो अवधिमा नबिल बैंकको नाफा २ अर्ब ९६ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको छ भने सबैभन्दा कम नाफा आर्जन कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार कमाएको छ ।

नाफा आर्जनको हिसाबले नबिल र ग्लोबल आइएमई बैंक प्रतिस्पर्धामा रहेका छन् । ग्लोबल आइएमईले २ अर्ब ७३ करोड ७९ लाख २० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ६० करोड ९० लाख ५० हजार, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख ४० हजार, एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख, हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंककाअनुसार प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

केन्द्रीय बैंककाअनुसार लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सबैभन्दा धेरै कमाउने मुक्तिनाथ बैंक, बिकास बैंकको पाँच महिनामा नाफा कति ?
राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले मंसिर मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् ।

कात्तिकसम्म बैंकहरुको नाफा १ अर्ब ५४ करोड रुपैयाँ मात्रै थियो । कात्तिकको तुलनामा मंसिरमा विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँले बढी हो ।

यो अवधिमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मंसिरसम्म बैंकले ४५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कात्तिकमा यस्तो नाफा ३१ करोड ६० लाख रुपैयाँ हेको थियो ।

राष्ट्र बैंकका अनुसार धेरै नाफा कमाउनेमा साइन रेसुंगा विकास बैंकलाई उछिन्दै गरिमा विकास बैंक दोस्रो स्थानमा उक्लेको छ । गरिमा विकास बैंकले मंसिरसम्म ३८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । साइन रेसुंगाले ३० करोड २० लाख नाफा आर्जन गरेर तेस्रो नम्बरमा रहेको छ ।

कात्तिकमा २४ करोड नाफा गरेको गरिमा विकास बैंकलाई पछि पार्दै साइन रेसुंगा २५ करोड नाफा कमाएर दोस्रो स्थानमा रहेको थियो । मंसिरमा गरिमा अगाडि देखिएको हो ।

यस्तै लुम्बिनी विकास बैंकले २१ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले १९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । कामना सेवा विकास बैंकले १९ करोड ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।