• आश्विन २० २०८१, आईतवार

तिलको लड्डु बनाउने तरिका

माघ १ २०८०, सोमबार

मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर सङ्क्रान्तिको विशेष पहिचान दिने खानेकुरा नै हो।

घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ । घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ । तिलको लड्डु तिलको लड्डु माघ संक्रान्तिमा बनाइने विशेष परिकार हो । तिल र गुडको मिश्रणबाट तयार हुने यो लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा चढाउने गरिन्छ ।

तिलको लड्डु स्वादिलोमात्रै नभएर स्वस्थकर समेत हुन्छ । तिलको लड्डु कसरी बनाउने रु आवश्यक सामग्री तिल – १ कप गुड – १ कप घिउ – ३ चम्चा अलैंची – चम्चा पानी – आधा कप तिल र गुड बराबरी बनाउने तरिका तिललाई रातो९रातो हुनेगरी राम्रोसँग भुट्नुहोस् ।

कराईमा पानी उमालेर गुँडको बाक्लो घोल बनाउनुहोस् । गुँडलाई गाढा रंगको हुनेगरी पकाउनुहोस् । अलैंचीको धुलो र भुटेको तिल कराईमा मिसाएर राम्रोसँग चलाउनुहोस् । सो मिसावटमा घिउ हाल्नुहोस् । अब तयारी मिसावटलाई सानो सानो डल्ला बनाउनुहोस् ।

तिलको लड्डु तयार भयो । यसरी तयार भएको लड्डु एक महिनासम्म उपभोग गर्न सकिन्छ । तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले निकै लाभदायक मानिन्छ ।

लड्डुमा प्रोटिन, क्यालसियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेट आदि तत्व पाइन्छ । यसले शरीरको तापक्रम सन्तुलन गर्दछ, हड्डी स्वस्थ राख्न मदत मिल्छ । तौल कन्ट्रोल गर्न समेत सहयोग पुग्दछ । क्भभ भिकक