• मंसिर १५ २०८१, शनिबार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

पुष २८ २०८०, शनिबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ । स्थायी समिति बैठकअघि सो पार्टीको पदाधिकारी बैठक बसेको थियो ।