• मंसिर १५ २०८१, शनिबार

नागरिक उन्मुक्ति पार्टीले गर्यो २५ सदस्यीय पदाधिकारीको घोषणा

पुष २७ २०८०, शुक्रबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले शुक्रबार २५ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।

महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ । यस्तै कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छिन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।

महाधिवेशनले सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन गर्दा दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लगाइ सकेको छैन ।

महासचिव र दुई उपाध्यक्षमा सहमति हुन नसकेपछि २५ पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । महासचिव र दुई उपाध्यक्षमा भने सहमतिको प्रायशः भइरहेको जनाइएको छ ।