• मंसिर १५ २०८१, शनिबार

आजदेखि नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन

पुष २६ २०८०, बिहीबार

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि हुँदैछ ।  बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् ।

नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो ।