नेपाली समाज जातीय विभेद र अत्याचारले जकडिएको समाज हो । ३५ सय वर्ष भन्दा पुरानो जातीय विभेदको जरो उखेल्न निकै मेहनत गर्नुपर्नेछ । सानोतिनो प्रयासले यो विभेद हट्ने सम्भावना निकै कम छ ।
राजनीतिक र कानुनी तरिकाले चेतनशील हुँदै गएका कारण आजको नेपाली समाजमा जातीय विभेद वा छुवाछुत गरिएको वा भएको थाहा पाएसम्म उजुरी गर्ने र कानुनी कारवाही भएको घटनाहरु पनि छन् । तर जुन स्तरमा विभेदका बारेमा राज्यले जनचेतना फैलाउने, प्राथमिक तहदेखि नै छुवाछुतविरोधी पाठ्यक्रम बनाएर पढाउने, विभेदमा पारिएकाहरुलाई समानुपातिकरुपमा राज्यका अंगहरुमा समावेश गर्ने, नि:शुल्क शिक्षा, स्वास्थ्य जस्ता मौलिक अधिकारहरुलाई लागु गराउने गर्नुपर्नेमा त्यसो निकै कम गरिएको छ ।
फलस्वरुप समाजमा आजको दिनमा पनि गैरदलित केटाले दलित केटीसित विहे गरेका कारण केटालाई मारिदिने, घरबार जलाइदिने जस्ता अमानवीय कार्य भइरहेकै छ । त्यसकारण जात व्यवस्थामा बनेको नेपाली समाजलाई समान बनाउन राज्यले नै बढी पहल गर्नुपर्दछ र दलितहरुपनि सशक्त भएर गाजरुक हुनुपर्दछ । यसमा गैरदलितहरुको पनि भूमिका अहम् हुनुपर्दछ ।
यसै सेरोफोरोमा हामीले दलित समुदायभित्र के कस्ता जात वा थरहरु रहेका छन् ? भनेर पाठकहरु सामु पस्किने प्रयास गरेका छौं । सन्दर्भ सामग्री हामीले राष्ट्रिय दलित आयोगबाट लिएका हौं । हिन्दु वर्णाश्रम व्यवस्थाबाट विकसित भएको जात व्यवस्थामा पेशाको आधारमा जात वा थर बनाइने गरेको बताइन्छ ।
दलितको परिभाषा
‘हिन्दू वर्णाश्रम जाति व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाति भनी जातीय भेदभाव एवम् समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिकरुपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित वर्ग भन्ने गरिएको छ ।’
दलितवर्गमा सूचीकृत जात–जातिहरुको वर्णानुक्रम अनुसारको जातीय अनुसूची
(क) पहाडी मूल
१. गन्धर्व (गाइने)
२. परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के)
३. बादी
४. विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनारा, पार्की, टमटा)
५. मिजार (सार्की, चर्मकार, भूल)
६. पोडे (देउला, पुजारी, जलारी)
७. च्यामे (कुचीकार, च्याम्खल)
(ख) मधेश मूल
८. कलर
९. ककैहिया
१०. कोरी
११. खटिक
१२. खत्वे (मण्डल, खङ्ग)
१३. चमार (राम, मोची, हरिजन, रविदास)
१४. चिडिमार
१५. डोम (मरिक)
१६. तत्मा (ताँती, दास)
१७. दुसाध (पासवान, हजरा)
१८. धोवी (रजक, हिन्दु)
१९. पासी
२०. बाँतर
२१. मुसहर
२२. मेस्तर (हलखोर)
२३. सरभङ्ग (सरवरिया)
२४. नटुवा
२५. ढाँडी
२६. धरिकर-धन्का
१.विश्वकर्मा जातिका थरहरु :
(कामी, लोहार, सुनार, आग्री, चुनरा, टमटा, पार्की) :–
असुरपाती, आग्री, आफरवाडी, आफलघाती, आगरी, ओर, ओखेडा, ओड, एयरपती, इरनाई, उखेडा, श्रीपाली, कामी, कर्मा, करार, काललोहार, कौशल, कालीराज, कसरा, कालीकोटे, कालीराज, कुमार्की, कैनी, कोली, कालाकोटी, कसेरा, कसारो, कुलाल, कवि, कुलगल, कुयाल, कडरा, करला, कमेनी, कालीमार, कोहली, खड्काथोकी, दुधराज, गोल्डस्मिथ, गहतराज, गुरताल, गावा, गदाल, गोथे, गडाल, गुतील, गोतामे, गजमेर, गदली, घर्तीववरे, घताने, घतानी, घमाल, घिमिरे, घामघत्ले, घडेरी, चुनारा, चौठेमार, चौढेमार, चुनार, चन्द्रा, द्धन्द्रपरे, छिनाल, छामछल्न, छिस्तुल, जगतीपुरे, जडकामी, जम्लाली, जाडकामी, जगडी, जइगडी, जनाला, ज्याबन, टमटा, ठटरा, डोटेली, डडालीयर, डल्ली, तिरुवा, त्यागी, दुलाल, देउती, देवपाते, दुराल, दुरैली, दियाली, ददेल, दयाल, दर्लामी, दुधसुनार, दियाली, धमाला, धनुके, धयाल, धम्याल, धन्याल, धानुक, धानीक, धोतीकामी, नेपाली, पार्की, पाददेउती, पोर्तेल, पियाली, परी, पहरी, पाइटु, पल्याल, पल्यान, प्वाल्याल, बुरीटमटा, बान्दे, बराईली, वरेली, बछाली, बएल, बल्मान, बयानी, बाबली, बटला, बगालेथापा, बसक्याल, भन्याल, भारध्वाज, भूल, महरा, मल्ल, मुड्याल, महिराज, मध्य, मःरकोहली, मगरा, महिलीपार, मडयाल, मिझार, महर, रसाईली, रिसाल, रपाल, रामदाम, रैकाल, रिजाल, रामदार, राम, रामछाम, राजीलौहार, रपशंकर, चालु, लखडा, लाखड, लावण–लावड, लोहार, ल्थर, ल्वागुन, लकान्द्री, लौकान, लामगोद, लामगादे, लुहार, वड, बालोमर, वथानी, वेथानी, वेदानी
वरही, स्वर्णकार, विखैमर, व्यागी, विर्खेमर, वंशपाली, सुजी, सदाशंकर, साशंकर, सेजवाल, सिन्चौरी, सेतीमगर, सेती, सहुरखाती, सैसवाल, सिर्पाइली, सुरुवाल, सेवा, सिगाउरे, सेतीपार, सुनधुवा, सिंगौली, सेतीसिलाल, सिमलखडा, सिमलदिया, सिंगडरे, साई,सराल, सेरला, सोनाहा, सिङऔरी, सुनकामी, सुखाल, सुन्चौरी, सेन्चुरी, सेतीमोर, सिकर्मी, स्नेही, सुनार, संकटयाल, सोव, सेराल, सुनी, सोनी, सिल्खाल, थोकी, हुम्लाली
(विश्वकर्मा जातिका गैरदलितसँग मिल्ने थरहरुः–
ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, मल्ल, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाङ्गी, खाती, गजुरेल, गिरी, गौतम, पोख्रेल, भट्ट, भट्टराई, पन्थी, पौडेल, लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापति, बगाले, सिंह, बस्नेत, बास्कोटा, निरौला, तिवारी, पोखरेल ।
परियार जातिका थरहरु :
(दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुडेक) अछामे, अससाय, अपटार्या, आवीखोली, आउजी, करुवाल, कनाल, कठैवरी, कटवाल, कालाथोकी, कालाखाती, कोखरे, कुखुरे, काखडे, कोटानजारी, कालाखानी, कार्कीढोली, कोटाञ्जरी, खाती, गौरवाग, गोरखनाथ, गुईदेल, गजमेयर, गौरी, गोतामे, घतानी, घले, घतामे, चित्रकार, चण्डुचार, चाहार, चुडाल, छिनाल, जनैदार, टेलर, ठटाल, ठराल, ठ्याकी, डौड, डेणे, तिलक्यानी, तिखत्री, दर्नाल, देउकाडी, दर्जी, देवल, दास, दकास, दनोल, देउगाडी, धगाले, नागरी, नेपाली, नेगी, नगर्ची, नगवाग, नागरी, नगवान, पाचकुरी, पाल्पाली, पहाडी, फुडके, बर्देवा, वर्मदास, वागदास, बैज, बैजाकोटी, बागचन्द, बुढाप्रिथी, बाग, बैकापी, विटालु, वेढुवा, बाग्धास
बैजनाथ, भित्रकोटी, भेटेसिवा, मास्टर, मुडेल, मुडलेकार्की, मोत, माले, माल्बोक, मौले, मिस्त्रीकोटी, मंगता। याग्ने, रनपहेली, रुकुमेली, रैका, रामकाजी, रनपौली, रजवर, रत्न, रेतन, रनवेहली, रजवास, राजगाई, रैइगाइ, याइभरयार, लापे्रे, सुनाम, सेवा, सुनदास, सुरयाल, सप्याली, सिवा, सुयाल, सिलाल, सेन, सिलाधर, सुटयाल
साहिसमुन्द्र, सुचेउरी, सुकुवाट्याल, हिङमाङ ।
परियार जातिका गैरदलितसँग मिल्ने थरहरु :–
आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतिवडा, गौतम, घले, बराल, तिवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना, राई, लुईटेल, भुषाल, महरा, दवाडी वास्ताकोटी ….. ।
मिजार, जातिका थरहरुः–
(सार्की, मालभुल, भूल), अच्छामी, एस के, कालो, कोतेहाल, कुल्चीयार, काला, कालामग्रनी, खरिबोटे, खिलुङ्गे
खडगी, गौरीपाल, गोतामे, घिताङ्ग, चर्मकार, चुडाल, छन्बेता, टोटलाङ्गी, ठडोर, ठगुन्ना, ठराई, तोसाली, तोलाङ्गे
तोलाङ्गी, थाक, देउला, दुलाल, देउलाकोटी, दावे, देउलापानी, दाहाल, धुरुमग्राती, धौलाकोटी, नेपाली, नगरकोटी, पुरकोटी, परदी, पीपलबोटे, पाएली, पर्कोटी, पुर्कौटी, बुरेल, बौडेल, बौडेल, बाह्रमरे, बम्रेल, बसेल, बङरेल, बयालकोटी, बिसुन्खे, बंग्रेल, विसनेबैलकाटी, बस्याल, भूल, भियाल, मजरकोटी, मिजार, मयार, मंग्राती, मुर्दल, मोटे, मुहल,मजावरी
मगर, मालभुल, रामजाली, रुचाल, रम्तेल, रोका, रोक्का, रकौल, रोकाया, रमेल लमजेल, सुर्खाली ।
(मिजार जातिका गैरदलितसँग मिल्ने थरहरु) :–
आचार्य, अधिकारी, कोइराला, नेपाल, राठाले, रिमाल, सिंह, खतिवडा, चन्द, खड्की,
गौतम, गैरे, बुढाथोकी, सापकोटा, न्यौपाने, पौडेल, बोहोरा, बोगटी, थापा, थपलिया, उप्रेती, गिरी, दाहाल, चन्द्र, लमसाल, ठगुना, देउलापाती, रामजाली, सत्याल, बस्याल, मरासिनी, पहाडी, पुलामी, घिमिरे, बन्जाडे, रोक्काशाही, राठौर ।
४. गन्धर्व जातिका थरहरु :–
गन्धर्व (गाइने) कालाकौसी, कालोपौडेल, कालिचन, कालाशाह, गाइने, गान्धारी, गायक, गायन, जोगी, बैगार, मेघनाथ, भुषाल, भाट, सुर, तुर्की, बोगरी, सुरसमान, रसाइली, (भुषाल, विष्ट, बोगरी)
५. वादी जातिका थरहरु:
कश्यप, केसरी, कालीयान, चन्द, छिलेल, छिलाल, छिन्वयाल, जोगी जुम्लेली, दास, दुमार्की, राना, वादी, भाँड, हुड्के धिताल, लेकाली, पहाडी, (राजयोग), शिह, वैश्य, नगर्ची, खाती, बसेल, गौतम, नेपाल, लेकाली, मगर, बाध्यकार, बाठा, नेपाली, छिनाल, वाहय, बैकार, पौडेल, पोखरेल, सिमाल, हरिथंगा, खनौटे, बोरेसाहा ।
वादी जातिका गैरदलितसँग मिल्ने थरहरु :–
कुमाल, खड्का, गहतराज, गोतामे, चन्द बराल, रिजाल, खान, जोगी, श्रेष्ठ, निरौला, कोइराला, उपाध्याय, बोटे, खाती, ठाकुर, राना, साह, नेपाली, भाँक ।
६. कलर जातिका थरहरु
सरवरिया, विकाउ
७. ककैहिया जातिका थरहरु
राय
ककैहिया जातिका गैरदलितसँग मिल्ने थरहरु :
राय
८. कोरी जातिका थरहरु:
कुरील, गौतम, भारती
कोरी जातिका गैरदलितसँग मिल्ने थरहरु
गौतम, भारती
९. खटिक जातिका थरहरु :
कोली, सोनकर
१०. खत्वे जातिका थरहरु:
(मन्डल, खङग, शर्मा, धानुक, बेल्दार)
खत्वे जातिका गैरदलितसंग मिल्ने थरहरु :
शर्मा, धानुक, मन्डल
११. चमार जातिका थरहरु :
(राम, मोची, हरीजन, रविदास )
रैदास, महरा
चमार जातिका गैरदलितसँग मिल्ने थरहरु :
महरा
१२. चिडियामार जातिका थरहरु :
सरनेरीया, सरनरिया, करौरीया, यादव, नट, बखु
चिडियामार जातिका गैरदलितसँग मिल्ने थरहरु :
यादव,
१३. डोम जातिका थरहरु :
(मरिक), मल्लिक, मल्लि, महिल, गुसराम
डोम जातिका गैरदलितसँग मिल्ने थरहरु
मल्लिक
१४. तत्मा जातिका थरहरु:
(ताँती, दास)
मण्डल, महरा, पात, बनौजिया
तत्मा जातिका गैरदलितसँग मिल्ने थरहरु :
मण्डल, महरा
१५. दुसाध जातिका थरहरु (पासवान, हजारा ) दुसाद, हजारी, पासमान
१६. धोवी जातिका थरहरु (रजक) हिन्दु,
पथिक, कनौजिया, आर्या, पत्थरकट्टा, मगता, माहुत, कुशवडिया, मंगी, वाल्मीकि, शाकी, रमन, धावी, साफी, वैठ्ठो, निर्मलकार, रत्ना, बेठा, मेहता, मधैया, आर्य, मधेसीया, दास, राजधोव, कनेजीया, धोवी, रमण, राउत, माझी, धवल, सम्धी, एसर
धोवी जातिका गैरदलितसँग मिल्ने थरहरु :
चौधरी, महता, माझी
१७. पासी जातिका थरहरु:
सूर्या, महतो, चौधरी, गौतम, तरसुहिया
पासी जातिका गैरदलितसँग मिल्ने थरहरु
महतो, चौधरी, गौतम
१८. बाँतर जातिका थरहरु:
सरदार, माझी, धोकेवाल, राजवंशी, ढोकेवाज, माइती
बाँतर जातिका गैर दलितसँग मिल्ने थरहरु
राजवंशी
१९. मुसहर जातिका थरहरु:
सदा, ऋषिदेव, हेमराम, भदरी, माझी, तिरुहुतिया, मधैया, ढोलबाजा, कहरिँया, रिखिकुल, तिरासक
२०. मेस्तर जातिका थरहरु (हलखोर)
राउत, मेहतर, जम्दार, मंगी
मेस्तर जातिका गैरदलितसँग मिल्ने थरहरु
राउत
२१. सरभङ्ग जातिका थरहरु (सरवरीया)
सरभोर, सरभङ्ग, धामी, बाँतर, नट
मधेशी मूलमा थप गर्नुपर्ने जातीहरु
पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सहनी), गोढीया ।
पहाडी समुदाय भित्रका दलित ः–
२२. पोडे (देउला, पूजारी, जलारी, जालन्धर)
२३. च्यामे (कुचिकार, च्यमखल)
२४. विटालु
२५. मगन्त
उक्त दलित समुदायको पहिचान विभिन्न अध्ययन, रिपोर्ट, उजुरी, स्थलगत अध्ययन, अनुसन्धानबाट प्राप्त भएका र केही विवादित रहेको । त्यसता विवादित थर गोत्रलाई पुन : अध्ययन गर्ने गरी प्राप्त प्रमाण पुगेका सबै थर गोत्रलाई मात्र बैठकमा सर्वसम्मत पारित गरिएको । विवादित तराईका ठाकुर, लोहार, सोनाहरुको थप अध्ययन गर्ने ।
पुर्वी तराई पासी दलित होइन र पश्चिम तथा मध्य तराईमा पासी दलित हो । अलि फरक प्रचलन छ । लोहार त्यस्तै छ । थर गोत्रकै कारण गैरदलितको घुसपैठ हुने सम्भावना उत्तिकै छ, तर युगौं देखिको मुआब्जा लिनु पर्नेछ । कुन रोज्ने आफैमा भरपर्दछ ।