• बैशाख १० २०८२, बुधबार

लुम्बिनी मेडिकल कलेजले विद्यार्थीमाथि लुटपाट मच्चाएको भन्दै क्रान्तिकारीको तीन दिने अल्टिमेटम

पुष २५ २०८०, बुधबार

बुटवल । लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, पाल्पालाई अखिल (क्रान्तिकारी) पाँच नम्बर प्रदेश संगठन समितिले ८ बुँदे मागपत्र पेश गरेको छ । आज मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले मेडिकल कलेजमा पुगि उक्त मागपत्र बुझाएको हाे ।

क्रान्तिकारीले बुझाएका मागहरुमा विद्यार्थीसँग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौं शुल्क फिर्ता हुनुपर्ने, फार्मेसीबाट औषधी किन्दा लिइने चर्को शुल्क खारेज गर्नु पर्ने, वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक तनाव गरिरहेको जनगुनासो व्यापक रहेकोले अस्पताल संचालक सचेत हुनुपर्ने, लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमम एमबीबीएस पास भएका विद्यार्थीलाई रोजगारको प्रलोभन दिई श्रममा लगाई झण्डै एक वर्षदेखि तलव नदिई श्रम शोषण गरेको जनगुनासो हल गर्नुपर्ने, दिई गुणस्तरहीन खाना खुवाई विद्यार्थी, डाक्टर, उपचारमा आउने सेवाग्राहीहरुको स्वास्थ्य माथि खेलबाड गरिएको गुनासो आइरहेकोले यस्ता समस्यालाई तत्काल सच्याउनु पर्ने, विद्यार्थीका लागि अनिवार्य छात्र-छात्राबासमा रहनुपर्ने भन्दै विद्यार्थी र अभिभावकमाथि लुटपाट आतंक मच्चाएको, विद्यार्थीका अभिभावकलाई धम्क्याउने गरेको लगायतका गुनासा व्यापक आइरहेकोले यस्ता नैतिकताहीन कार्य यथाशिघ्र बन्द गरिनु पर्ने, विभिन्न आन्दोलनका घाइते, बेपत्ता र सहिदका परिवारजन, विद्यार्थी, कर्मचारीका अभिभावकहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिनु पर्ने, अदृश्य रुपमा जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी रहेको व्यापक जनगुनासो आइरहेको हुँदा ती व्यक्तिहरुको लगानी यथाशिघ्र फिर्ता गरिनु पर्ने लगायतका छन् ।

मागपत्र राख्दै क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य दीपक बिष्टले तीन भित्र माग पुरा गर्न अल्टिमेटम दिएको समेत बताए ।

उनले माग पुरा नभए चरणवद्ध संघर्ष गर्न बाध्य हुने बताए । मागपत्र बुझाउन क्रान्तिकारीको पाँच नम्बर प्रदेश समिति संयोजक नवीन खड्काको नेतृत्वमा केन्द्रीय सदस्य इन्दु वली, मनोज थापा, संग्रामभियु थापा लगायतका विद्यार्थी नेताहरू पुगेका थिए ।