• मंसिर १५ २०८१, शनिबार

कोशी प्रदेशको सभामुखमा राप्रपाका उम्मेदवार सर्वसम्मत

पुष २४ २०८०, मंगलवार

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका उम्मेदवार सर्वसम्वत रुपमा चयन हुने देखिएको छ। मंगलबार हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने निर्णय गरेसँगै राप्रपाको उम्मेदवार सर्वसम्मत हुने देखिएको हो ।

मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेकोले राप्रपाका उम्मेदवारको मात्र उम्मेदवारी दर्ता हुने देखिएको छ । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमालले उम्मेदवारी दर्ता गर्दैन भने सत्ता गठवन्धन बाहेकको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सभाका दलहरूले प्रदेश सभाको सभामुख निर्वाचन मंगलबार दिउँसो ३ बजे निर्वाचन कार्यतालिका तय भएको छ। प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।

राप्रपाले झापाका प्रदेश सभा सदस्य अम्बरबहादुर बिष्टलाई सभामुख बनाउने निर्णय गरेर उनले उम्मेदवारी दर्ता गराउँदैछ । एमाले सभामुखको दौडबाट पछि हटेपछि सभामुखमा बिष्ट निर्विरोध निर्वाचित हुने भएका छन् ।