• मंसिर १५ २०८१, शनिबार

भारतलाई सिधै २० करोड लगानी गर्न दिनु राष्ट्रघात भएको अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर

पुष २३ २०८०, सोमबार

काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पुष्पकमल दाहालको नेतृत्वको सरकारले भारतीय विस्तारवादले नेपालमा सिधै २० करोडसम्मको लगानी गर्न पाउने र प्रोजेक्ट तथा योजनाहरु समेत आफैले छनौट गरेर लगानी भित्र्याउन पाउने गरि गरेको सम्झौतालाई राष्ट्रघाति काम भनेको छ ।

सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै अपराधपूर्ण तरिकाले भारतीय विस्तारवादी सरकारसँग हालै दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर गंभीर प्रकारको राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनताप्रति अक्षाम्य घात गरेको परिघटनाले आफ्नो संगठनको ध्यान आकृष्ट भएको जनाइएका छन् । विज्ञप्तिमा केसीले यसलाई आफ्नो संगठनले नेपाली जनताको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतामथि सोझै बलात्कार गरेको ठहर गरेको बताएका छन् ।

विज्ञप्तिमा केसीले लेखेका छन्,‘हाम्रो संगठनले नेपालका जनघाति तथा राष्ट्र दलाल शासकहरुले भारतीय विस्तारवादी शासकहरुसित गरिएका सन् १८१६ को राष्ट्रघाति तथा जनघाति सुगौली सन्धि, सन १९५० को राष्ट्रघाति संझौता, कोसी, गण्डकी, महाकाली लगायतका नदी–नाला र जलविद्युत क्षेत्रमा गरिएका सम्पूर्ण राष्ट्रघाति तथा जनघाति सन्धि सम्झौताहरु बिनासर्त तुरुन्त खारेज गरि दुबै राष्ट्रलाई हित र लाभ हुने गरि नयाँ आधारमा नयाँ समझदारी कायम आग्रह गर्दछ । नेपालस्थित भारतीय दूतावासमार्फत् सिधै २० करोड रकम बाँड्ने जुन षड्यन्त्रपूर्ण ढंगले संझौता गरिएको छ । यो भारतीय विस्तारवादी शासकहरुको नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सार्वभौमिक्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका विरुद्धको मन्दविष हो ।’

केसीकाे विज्ञप्तिमा अगाडी भनिएकाे छ, ‘यसप्रकारको गंभीर अवस्थामा स्वाभिमानी देशभक्त नेपाली जनता, सम्पूर्ण देशभक्त जनवादी तथा प्रगतिशिल शक्तिहरु र क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर नेपालका राष्ट्रघाति, जनघाति तथा दलाल सरकारका विरुद्ध खडा भई राष्ट्रघाति सुगौली सन्धि, सन १९५० को असमान तथा राष्ट्रघाति संझौता लगायत सम्पूर्ण राष्ट्रघाति, जनघाति संझौताहरु बिनासर्त खारेज गराउन राष्ट्रिय स्वाधीनता निम्ति संयुक्त जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्न हार्दिक अनुरोध र आग्रह गर्दछ र हाम्रो संगठन नेपाली जनता र नेपाल राष्ट्रको यस प्रकारको राष्ट्रिय स्वाधीनता प्राप्तिको लडाइँमा अग्रपंक्तिमा रहेर बोल्ने, लेख्ने, प्रचारप्रसार गर्ने लगायत सम्पूर्ण समस्याहरुमा एकताबध्द भएर अगाडि बढ्ने वचनबद्धता जाहेर गर्दछ ।’