• आश्विन १३ २०८१, आईतवार

खोकी लाग्दा यी ८ खानेकुरा बिर्सेर पनि नखानुहोस्

पुष २२ २०८०, आईतवार

दुधः विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ । दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ । यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ ।

भातः डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ । यस्तोमा यसले रुघा– खोकीको समस्यालाई थप बढाउन सक्छ । यसै कारण रुघा–खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन् ।

चिनीः खोकी लाग्दा चिनी पनि खानुहुँदैन । यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ । यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ ।

कफीः यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस् । क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ ।

मद्यपानः चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ । यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ ।

तारेका खानेकुराः मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ । तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस् । चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ ।

प्रोसेस्ड फूडः वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस् । तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ ।

चिसा खानेकुराः यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस् । तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन । चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ । एजेन्सी