• आश्विन १३ २०८१, आईतवार

प्याज सेवन गर्नुका फाइदाहरूः

पुष २० २०८०, शुक्रबार

तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि निकै लाभदायक छ ।

दिनहुँ काँचो प्याज खाँदा त्यसले शरीरमा रगतको कमी हुन दिँदैन । जसले रक्तअल्पताको जोखिम कम गराउँछ ।
मधुमेहका बिरामीले पनि प्याज खानु लाभदायक हुन्छ । किनभने, प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, पत्थरीको लागि पनि प्याज फाइदाजनक छ ।

बिहान खाली पेटमा प्याजको रस पिउनाले पत्थरीको समस्या समाधान हुन्छ ।

प्याजका अन्य फाइदा:
१. पाचन प्रणालिलाई सुधार्न मद्धत गर्छ ।
२. हड्डीलाई बजबुद बनाउँन मद्धत गर्छ ।
३. विभिन्न भाइरस संग लडेर शरिरलाई संक्रमणबाट बच्न मद्धत गर्छ।
४. मुटुरोग लाग्नबाट बचाउन मद्धत गर्छ
प्याजमा Chromium प्रशस्त मात्रामा पाईन्छ । यसमा भिटामिन बि,सि र फोलिक एसिड प्रशस्त मात्रामा पाईन्छ ।
यसमा पाइने Allylsulphide केमिकलले रक्तनलीमा रगत जम्नबाट रोक्छ ।
५. रक्तचाप, कोलेस्ट्रोल र सुगरलाई नियन्त्रण गर्न मद्धत गर्छ।