• मंसिर १५ २०८१, शनिबार

एमालेलाई राष्ट्रियसभामा कुनै सिट दिन नहुनेमा माधव नेपालको अडान

पुष १९ २०८०, बिहीबार

काठमाडौं । सत्तारुढ चार दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रियसभा ६ सिट मागेको ब्रिफिङ गरेका छन् ।

आज बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीचको बैठकमा एमालेको प्रस्तावबारे दाहालले जानकारी गराएका हुन् ।

बुधबार पनि गठबन्धनको चार दलको बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले राखेको प्रस्तावबारे प्र.म दाहालले ब्रिफिङ गरे ।

एमालेको प्रस्तावमा एकीकृत समाजवादीले आक्रोश पोखेका छन् । उनले एमालेलाई सिट दिन नहुने अडान राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार प्रतिपक्षी एमाले सरकारमा नै सामेल नभएको भन्दै नेपालले आक्रोश पोखेका छन् ।

सहमति हुन नसकेपछि बैठक फेरि बस्नेगरी नेताहरू उठेका हुन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।