काठमाडौं । सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ। बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो। दुई दिनको स्थिरतापछि ५ सय बढ्दा मंगलबार तोलाको १ लाख २१ हजार पुगेको थियो। त्यसमा २ सय घटेर बुधबारको कारोबार मूल्य निर्धारण भएको थियो। गत आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा स्थिर थियो।
चाँदी बिहीबार प्रति तोला १४ सय २० रुपैयाँ भएको छ। चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेको थियो।