काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सिट भागबण्डा गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ । राष्ट्रियसभामा २० सिट खाली हुँदैछ ।
सत्ता गठबन्धनका दलहरू लगातार छलफलमा जुटे पनि सिट कसरी बाँडफाँड गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् ।
राष्ट्रिय सभामा खाली हुने एमालेका ९ सिटमा कुन दलले कति लिने भन्ने छलफल भइरहँदा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई नएक्ल्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेपछि यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।