काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको तयारी चलिरहँदा विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन भएका छन् । यसअघि प्रवक्ता रहेका अरिंदम बागचीको ठाउँमा रवीन्द्र जयसवाल नियुक्त भएका हुन् ।
सन् १९९८ सालका ब्याची जयसवालले आजैदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता अरिंदम बागचीलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा भारतका स्थायी प्रतिनिधि नियुक्त गरिएपछि जयसवाललाई विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त गरिएको हो ।
विदेशमन्त्री एस जयशंकर भोलि नेपाल आउँदैछन् । मन्त्री जयशंकरसँग अरिंदम बागची पनि नेपाल आउने कार्यक्रम तय भएको थियो । अब मन्त्री जयशंकरसँग प्रवक्ता जयसवाल नेपाल आउनेछन् ।