• बैशाख १० २०८२, बुधबार

इजरायल-हमास युद्धको प्रश्नमा तटस्थ बसेपछि हार्वर्ड विश्वविद्यालयकी प्रमुखलाई राजीनामा दिन बाध्य पारियो

पुष १८ २०८०, बुधबार

काठमाडौं । हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन् । उनीमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ ।

विश्वविद्यालयहरुमा यहुदी तथा इजराइल विरोधी गतिविधि भएको विषयमा अमेरिकाको संसदीय समितिले सम्बन्धित विश्वविद्यालयका प्रमुखहरूलाई बोलाएर छलफल गरेको थियो ।

समितिका सदस्यहरूले इसराइल-हमास युद्धका विषयमा हुने गतिविधिलाई विश्वविद्यालयको नीति नियमसँग जोडेर गरेको प्रश्नमा हो वा होइनमा जवाफ नदिएपछि उनीहरू विवादमा तानिएका थिए । विवादकाबीच युनभर्सिटी अफ पेन्सिलभेनियाका प्रमुख लिज मगिलले पनि डिसेम्बर ९ मा राजीनामा दिएकी थिइन् ।

त्यसको एक महिना नबित्दै हार्वर्डका प्रमुखले पनि पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामापछि त्यहाँको मुख्य शिक्षा अधिकारी एलन एम गार्बरलाई विश्विवद्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।