• आश्विन १३ २०८१, आईतवार

बन्द नाक खोल्ने सजिलो उपाय

पुष १७ २०८०, मंगलवार

नेपालमा चिसो दिनहुँ बढ्दो छ। यस्तो अवस्थामा रुघा लाग्ने सम्भावना बढी हुन्छ। कतिपय अवस्थामा त रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आउँछ । यस्तोमा सजिलो गरी सास फेर्न र बन्द नाक खोल्न समस्या हुन्छ ? यस्तोमा के गर्ने ?

कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी
पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

मह
महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।

तुलसीको पात
बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ । एजेन्सी