• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्रीको आक्रोस,‘मन्त्रीलाई पनि गाडीभित्रै जलाइदिनु पर्थ्यो रे, के भाष्य हो यो ?’

पुष १६ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा उनले यो घटना सामान्य नभएको बताएका हुन् ।

‘केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन्,’ प्रधानमन्त्रीले भने,‘गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ ।’ प्रधानमन्त्रीले लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरे ।

‘त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन,’ उनले भने ।

उनले त्यही भएर उच्चस्तरीय छानबिन आयोग बनाइएको बताए । मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो ? भनि प्रश्न गरे । उनले प्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार हो भनि प्रश्न गरे । बालकुमारी घटनामा दुईजनाको मृत्यु भएको थियो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको थियो ।