• मंसिर १५ २०८१, शनिबार

युवा हत्याको विरोधमा क्रान्तिकारी युवाद्वारा मत्रीन्परिषद कार्यालयसहित ४ ठाउँमा अर्धनग्न प्रदर्शन, १४ जना पक्राउ

पुष १६ २०८०, सोमबार

काठमाडौं । मोहन वैद्य नेतत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको मूल गेटमा अर्धनग्न भएर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले युवा मार्न पाइँदैन भन्दै उनीहरुले सिंहरबारभित्रै छिरेर विरोध प्रदर्शन गरेका हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले दिएको जानकारी अनुसार युवाहरुले प्रधानमन्त्री निवास बालुवाटारको सचिवालय गेट, सर्वोच्च अदालतको मुलगेट, संसदभवनको मूलगेट, मन्त्री निवास हरिहरभवनको मूलगेटमा एकसाथ प्रदर्शन गरेका छन् ।

प्राप्त जानकारी अनुसार सिंहदरबारभित्रबाट ३ जना, सर्वोच्च अदालतबाट २ जना, हरिहरभवनबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई अर्धनग्न अवस्थामा गिरफ्तार गरिएको छ ।

विरोध प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप र गिरफ्तारीको विषयमा पार्टी र युवा संगठनले केहीबेरमा प्रेस विज्ञप्ती जारी गर्ने सम्बद्ध स्रोतले जनाएको छ । निर्दोष जनताका छोराछोरीको हत्या गर्ने सरकार नाङ्गै छ भन्ने सन्देश दिन अर्धनग्न भएर प्रदर्शन गरिएको उनीहरुको भनाई रहेको छ ।