• आश्विन १३ २०८१, आईतवार

चिसो मौसममा सुन्तला खानु निकै लाभदायी

पुष १५ २०८०, आईतवार

सुन्तला खाँदा धेरै नै फाइदा गर्छ । चिसो मौसममा सुन्तला खाँदा चिसो र रुघाखोकी लाग्न सक्छ । तर सुन्तलाले हामीलाई यिनै समस्याबाट जोगाउँछ । अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापक्रम कम हुने कारणले हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमतामा कमी आउँछ ।  पाचन प्रक्रिया पनि कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा मुख्य फाइदाहरू यस प्रकार छन् ।

मुटुका लागि फाइदाजनक

अमेरिकी हार्ट एसोसिएसनको एक अध्ययनका अनुसार अमिलो खानेकुरा, सुन्तला, अंगुर जस्ता फलफूलले स्ट्रोक हुनबाट बचाउँछ । यसमा हुने फ्लेवोनोइड्सले मुटुको रोगहरूबाट बचाउँछ । यसको सेवनले रक्त कोशिकाहरूको कार्य क्षमता बढाउँछ ।

चिसो र रुघाखोकीबाट बचाउँछ

चिसो मौसममा रुघाखोकी जस्ता समस्या देखापर्नु सामान्य नै हो । त्यसैले चिसो मौसममा धेरै सुन्तला खान सकिन्छ । हार्वर्ड हेल्थ पब्लिशिङमा छापिएको एक अध्ययनका अनुसार चिसो र रुघाखोकीबाट बच्नका लागि भिटामिन सी धेरै नै फाइदाजनक हुन्छ । सुन्तलाको सेवनले चिसोबाट बच्न सकिन्छ ।

तौल घटाउन

सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यस कारण शरीरमा क्यालोरीको मात्रा कम हुन्छ । सुन्तलाको रसभन्दा यसको फल धेरै लाभदायी हुन्छ ।

रोग प्रतिरोधी क्षमता र छालाका लागि

चिसा दिनहरूमा छाला, स्वास्थ्य, पाचन प्रक्रिया आदि खराब हुने सम्भावना बढ्छ । सुन्तलामा पाइने भिटामिन सीले शरीरका कीटाणुहरूलाई रोक्ने भएकाले यसले रोग प्रतिरोधी क्षमताको पनि काम गर्छ । सुन्तलामा हुने भिटामिन सीले शरीरलाई जवान देखाउने काम गर्छ ।