• मंसिर १५ २०८१, शनिबार

प्रचण्डलाई खुमलटार पठाइदिने गगन थापाको चेतावनी

पुष १४ २०८०, शनिबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राम्रो काम नगरे प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारबाट बालकोट पुर्याइदिने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताए ।

‘हामीले जुन दिन चाहँदैनौँ वा प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसकै छ,’ महामन्त्री थापाले भने ।
उनले नेपाली कांग्रेस सरकारमा भएको बेला धेरै काम गर्नुपर्ने पनि बताएका छन् ।

‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ,’ उनले भने । उनले बालकुमारीमा शुक्रबार भएको घटना दुःखद भएको पनि बताएका छन् ।