काठमाडाैं । नेपाली कांग्रेसले ललितपुरकाे बालकुमारीमा शुक्रबार भएको घटनामा एक जना युवकको मृत्यु भएको प्रति दुःख जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’
कांग्रेसले हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि अपिल गरेको छ ।