• मंसिर १३ २०८१, बिहीबार

यि ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुष १२ २०८०, बिहीबार

काठमाडौं । आज पुस १२ गते विभिन्न ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १३ देखि १६ सम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

आज पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हेर्नुस सूची:

१. आईसीएफसी फाइनान्स: पुस २९ मा साधारणसभा । ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव ।

२. सिक्लेस हाइड्रो: पुस २७ मा साधारणसभा । ६ प्रतिशत नगद लाभांश प्रस्ताव ।

३. हिमालयन डिस्टिलरी लिमिटेड: पुस २५ मा साधारणसभा । १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव ।

४. राधि विद्युत कम्पनी : पुस २९ मा साधारणसभा । ५ प्रतिशत नगद लाभांश प्रस्ताव ।

५. घोराही सिमेन्ट : पुस २८ मा साधारणसभा । १५ प्रतिशत बोनस शेयर प्रस्ताव ।

६. सपोर्ट माइक्रोफाइनान्स: पुस २७ मा साधारणसभा । १३ प्रतिशत बोनस शेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव ।

७. साना किसान विकास लघुवित्त: पुस २९ मा साधारणसभा । १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव ।

८. आत्मनिर्भर लघुवित्त : पुस २८ मा साधारणसभा । १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव ।