काठमाडौं । अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी भएको छ। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै विजयी भयो।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले १३औं मिनेटमा अग्रता बनाएको थियो। गुस्टोको पासमा मुद्रिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा प्यालेसका ओलिजले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
दोस्रो हाफको अन्त्यतिरको ८९औं मिनेटमा चेल्सीले पेनाल्टी पायो। पेनाल्टीमार्फत् माडुकीले गोल गरेपछि चेल्सीले २–१ को नतिजा निकाल्यो।