• मंसिर १५ २०८१, शनिबार

७० वर्षे उमेर हद नराखौं, किन कि युवा नेता जन्माउनै सकिएन : झलनाथ खनाल

पुष ११ २०८०, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उमेर हदको सान्दर्भिकता नै सकिएको बताएका छन् । ७० वर्षे उमेर हदको पालना नभएकाले यसको सान्दर्भिकता नै सकिएको खनालको भनाइ छ ।

‘नवौं महाधिवेशनमा उमेर हद राख्यौं तर युवा नेता नै जन्माउन सकिएन’ खनालले भने, ‘यसो हेर्दा उमेर हदको सान्दर्भिकता नै सकियो । लागू गर्न सकिएन ।’ पार्टीमा अहिले ६० वर्षमाथिका नेताहरु ७२ प्रतिशत रहेकाले केन्द्रीय कमिटीमा युवाहरु ल्याउन वैधानिक व्यवस्था गर्नुपर्ने खनालले बताए । ‘४० प्रतिशत युवा आउने भन्ने भइसकेको छ । यसमा थप छलफल गरौं’, खनालले भने ।

आगामी महाधिवेशनमा पेश हुने विधानको व्यवस्था बारे छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको एक ब्यांक्वैटमा बसिरहेको छ ।