• मंसिर १३ २०८१, बिहीबार

सुनको मूल्य फेरि उकालो लाग्यो, तोलाको कति पुग्यो ?

पुष ११ २०८०, बुधबार

काठमाडौं । सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा बुधबार तोलामा २ सय रुपैयाँ बढेको हो भने साताको प्रारम्भका तुलनामा ८ सय रुपैयाँ बढी हो।

गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेको सुनको कारोबार मूल्य मंगलबार ६ सय बढेको थियो।

चाँदीको कारोबार मूल्य बुधबार तोलाको १४ सय ७५ रुपैयाँ छ। यो मंगलबारका तुलनामा १० रुपैयाँ घटेको हो। गत आइतबार र सोमबार चाँदी प्रति तोला १४ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनचाँदीको कारोबार मूल्यमा सामान्य घटबढ छ। सुन प्रति औंस २०६४.७७ डलरले कारोबार भइरहेको छ। सोमबार २०५५.७१ डलर थियो भने मंगलबार २०६१.७२ डलर थियो।

चाँदी प्रति औंस २४.२१ डलरले कारोबार भइरहेको छ। आइतबार र सोमबार प्रति औंस २४.२ डलरमा स्थिर थियो। मंगलबार भने बढ्दै २४.३५ डलरमा कारोबार भएको थियो।