• बैशाख १० २०८२, बुधबार

नाइजेरियामा स्थानीय गोठाला र किसान बीचको झडपमा १६० मारिए

पुष १० २०८०, मंगलवार

काठमाडौं । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ । बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ ।

स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसदका सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा हिंस्रक घटना हो ।

सो घटनामा किसान र गोठाला बीचको झडपमा सयभन्दा बढीको मृत्यु भएको थियो । नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्यक्षेत्रमा गम्भीर सुरक्षा खतरा बढेको छ । कुन समूहले आक्रमण गरेको भन्ने सूचना भने समाचारमा खुलाइएको छैन ।