• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री नियुक्त भएको एक वर्षमा प्रचण्डले के-के गरे ? आज राष्ट्रको नाममा सम्बोधन गर्दै

पुष १० २०८०, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सफल भएको दाबी गर्दै आएका छन् ।

दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको समर्थनमा २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर, एमालेसँगको गठबन्धन दुई महिनामै भत्किएपछि दाहालले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।